कृषिका नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने
काठमाण्डौ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घले आजदेखि यहाँ सुरु गरेको पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी, २०७८ अन्तर्गतको कृषि कर्जा मेलाको उद्घाटन गर्दै उहाँले राज्यले कृषकलाई दिएको सुविधाको दुरुपयोग रोक्न राष्ट्र...